Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफेरि एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइने

फेरि एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुनः दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही वैशाख १३ गते पनि राष्ट्र बैंकले आठ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति वैशाख २१ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका छन् । बिक्री गरिएको कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको १० करोड र तीन सय ६५ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरूको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ साउन १९ गते र २०७९ वैशाख २० गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।

यसअघि गत साता अर्थात् वैशाख १३ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये २८ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरीको लागि १८ अर्ब ३५ करोड र ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरीको लागि २२ अर्ब ९८ करोड रुपैयाँबराबरको बोलकबोल परेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरू बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

लघुवित्त संस्थाहरूले एनएफआरएस अनुसार वित्तीय प्रतिवेदन तयार गर्नुुपर्ने
लघुवित्त वित्तीय संस्थाहरूले पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणालीअनुसार वित्तीय विवरण प्रकाशन गर्नुुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सञ्चालनमा रहेका सबै लघुवित्त वित्तीय संस्थाहरूको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ को निर्देशन नं ४ को बुुँदा नं १ को (ग) मा थोक थोक कर्जा कारोबार गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूले २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार समेत समानान्तररुपमा तयार गर्नुुपर्ने व्यवस्था छ । सोको प्रयोजनको लागि राष्ट्र बैंकले ढाँचा तयार गरेको र त्यहीबमोजिम वित्तीय विवरण तयार पार्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया