Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायो मान्यता

लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायो मान्यता


काठमाडौं ।
लायन्स क्लब्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलोपटक अफिसियल भाषाका रूपमा चौधौँ स्थानमा मान्यता प्रदान गरेको छ । भाषाको मान्यतापछि अबदेखि लायन्स अन्तर्राष्ट्रियको हेडक्वार्टर अमेरिकाको मुख्य कार्यालयमा नेपाली भाषा पनि अफिसियल भाषा बन्ने भएको हो ।

अबको केही समयपछि लायन्स अन्तर्राष्ट्रियको वेबसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने यो अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानले बताए । प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ । यसअघि अंग्रेजी र अन्य भाषामा मात्र सुन्न सकिने अवस्था थियो । पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानको लामो समयदेखिको अथक प्रयास र लायन्स क्लब्स अन्तर्राष्ट्रियसँगको खेतानको सम्बन्धले पहिलोपटक लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषा अफिसियल भाषाका रूपमा दर्ता भएको हो ।

लायन्सप्रति नेपालीहरुको बढ्दो सक्रिय सहभागिता, नेपाली लायन्सको सहयोग र सहकार्यको उच्च मूल्यांकन गर्दै समाजसेवामा विश्वमै अग्रस्थानमा रहेको लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएको पूर्वइन्टरनेशनल डाइरेक्टर लायन इ. सन्जय खेतानले बताए । लामो समयदेखिको पहल र प्रयासले यो सफलता हात परेको उनले बताए । इ. खेतान नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै लायन्सका कुशल लिडर मानिन्छन् । उनी लायन्स अन्तर्राष्ट्रियको डाइरेक्टर बन्न सफल पहिलो नेपाली लायन हुन् ।

एलसीआईएफ एरिया लिडर तथा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी पदका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिनु भनेको सम्पूर्ण नेपाली लायन्सले समाजसेवामा पु-याएको योगदानको कदर गरेको अनुभूति भएको बताए ।

बुर्लाकोटीले आफू इन्टरनेशनल डाइरेक्टरमा निर्वाचित भएमा नेपालको नाम विश्वमा चिनाउँदै नेपाली लायन्स र जनताका लागि उल्लेख्य योगदान पुग्ने किसिमका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै लायन्स अन्तर्राष्ट्रियबाट नेपालमा स्थायी प्रोजेक्ट ल्याउन पहल गर्ने समेत घोषणा गरे । लायन्स लिडर बालकृष्ण बुर्लाकोटी आगामी जेठ २१ र २२ गते हुने लायन्सको मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ३२५ बी १ को तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि एकल उम्मेदवार हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया