Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञामा पनि अनलाइन व्यापार र निःशुल्क होम डेलिभरीलाई निरन्तरता

निषेधाज्ञामा पनि अनलाइन व्यापार र निःशुल्क होम डेलिभरीलाई निरन्तरता


काठमाडौं ।
सरकारले निषेधाज्ञामा पनि अनलाइन व्यापार र निःशुल्क होम डेलिभरीलाई जारी राखेको छ । सरकारले पहिलो लकडाउनको समयमा जसरी निषेधाज्ञामा पनि अत्यावश्यकीय वस्तुहरुको निःशुल्क होम डेलिभरी गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणलाई रोक्नका लागि भन्दै सरकारले पहिलोपटक २०७६ चैत ११ गते मुलुकभर लकडाउन गरेको थियो भने सो समयमा सरकारले अत्यावश्यकीय वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि निःशुल्क होम डेलिभरीको व्यवस्था गरेको थियो ।

पहिलो निषेधाज्ञादेखि नै हामीले अत्यावश्यकीय वस्तुहरु अर्थात् खाद्यलगायतका सामग्रीलाई अनलाइन तथा निःशुल्क होम डेलिभिरीको व्यवस्था गर्दै आएको थियौँ जुन अहिलेसम्म अर्थात् जारी निषेधाज्ञासम्म रोकिएको छैन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् ।

‘सामान्य अवस्थामा निजी क्षेत्रको उपस्थिति देखिएकोले सरकारी सेवा छायाँमा परेको हो’, उनले भनिन्, ‘हामीले सामान्य अवस्थामा पनि अनलाइन र निःशुल्क डेलिभेरीको सेवालाई निरन्तरता दिएका छौँ, सामान्य अवस्थामा भने आम नागरिकले ख्याल नगरेका मात्र हुन् ।’

खाद्यले निजीले जस्तो सरकारीले प्रतिस्पर्धा नगर्ने र अप्ठ्यारो अवस्थामा सदैव नागरिकहरुको संरक्षण गर्ने दायित्व हुँदा निषेधाज्ञामा पनि चामल, दाल, तेल, सिमी, मार्सी चामल, खाना पकाउने एलपी ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ ।

‘असहज वातावरणमा अर्थात् निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य सामग्री अभाव नहोस् भनेर हामीले चामल, दाल, तेल, सिमी, ग्यासलगायतका सामग्री होम डेलिभरीको व्यवस्था गरेका छौँ’, अधिकारी सुवेदीले भनिन्, ‘यसले खाद्यान्नलगायतका सामग्रीहरुको आपूर्ति प्रणाली सहज भएको छ ।’

यसैबीच खाद्यले उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य वस्तुहरु चामल, दाल, तेल, सिमी, मार्सी चामल, खाना पकाउने एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने उद्देश्यले चक्रपथभित्र अनलाइनबाट बिक्रीवितरणको व्यवस्था गरेको तथा कम्पनीबाट उपभोक्तालाई सहज रुपमा अत्यावश्यक खाद्यवस्तुहरु निःशुल्क उपलब्ध गराउन सस्तो डिलसँग समन्वय गरी उपत्यकाभरी होम डेलिभरीको व्यवस्था समेत गरेको छ । आम नागरिक तथा उपभोक्तालाई आवश्यक खाद्य सामग्रीहरु अनलाइनबाट समेत माग गर्न सक्नेछन् ।

उपभोक्तालाई हितलाई ध्यान दिई हाल नेपाल सरकारबाट जारी गरिएको निषेधाज्ञाको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय र नख्खु गोदमबाट बिहान ७ बजेदेखि बेलुका ७ बेजसम्म खाद्यान्नको बिक्रीवितरण समेत खुला गरेको जनाएको छ भने यसैगरी कम्पनीको रामशाहपथ र भक्तपुरको सूर्य विनायक बिक्री कक्ष बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला गरिने जनाएको छ ।

मन्त्रालयले चामल, नुन, चिनी, गहुँ, धानलगायतका सामग्री मौज्दात रहेको समेत जनाएको छ । सुगम जिलमा ८७ हजार पाँच सय ३८ क्विन्टल र दुर्गममा १३ हजार सात सय १२ मेट्रिक टन चामल, नून एक लाख, ५३ हजार मेट्रिक टन, चिनी ५० हजार मेट्रिक टन गहुँ ५ हजार क्विन्टल, धान एक लाख ७६ क्विन्टल मौज्दात रहेको छ । यस्तै ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ, ४६ हजार तीन सय ३२ मेट्रिक टन ग्यास आयात तथा आपूर्ति सहज रहेको छ । आयात सहज रहेको कारण खाद्यान्न, ग्यासलगायतका सामग्री अभाव नहुने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया