Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआठ महिनामा कर्मचारीहरुको पारिश्रमिक र व्यवस्थापनमै सकियो ५० अर्ब ४४ करोड

आठ महिनामा कर्मचारीहरुको पारिश्रमिक र व्यवस्थापनमै सकियो ५० अर्ब ४४ करोड


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुको खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीसहित ६६ वटा संस्थाले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा कर्मचारीहरुको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र कुल ५० अर्ब ४४ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् ।

सोमध्ये बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुको पारिश्रमिकमा मात्र कुुल २९ अर्ब ६४ करोड २० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापन शीर्षकमा थप २० अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ । चालू आवको पछिल्लो आठ महिनामा वाणिज्य बैंकहरुले मात्र कुल ४३ अर्ब ९५ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये कर्मचारीहरुको पारिश्रमिक शीर्षकअन्तर्गतको खर्च २६ अर्ब छ करोड १० लाख रुपैयाँ रहेको छ भने कार्यालय सञ्चालन शीर्षकको खर्च १७ अर्ब ८९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने चालू आवको पछिल्लो आठ महिनामा कुुल पाँच अर्ब पाँच करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । उक्त खर्चमध्ये कर्मचारीहरुको पारिश्रमिकको लागि दुई अर्ब ८३ करोड ७० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा दुई अर्ब २२ करोड रुपैयाँ खर्च गरेका छन् ।

फाइनान्सहरुले भने चालू आवको पछिल्लो आठ महिनामा एक अर्ब ३६ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । उक्त खर्चमध्ये कर्मचारी शीर्षकअन्तर्गत ७४ करोड ४० लाख र कार्यालय सञ्चालन शीर्षकअन्तर्गत ६२ करोड ४० रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया