Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्भिक अब ‘कोभिड अस्पताल’

नर्भिक अब ‘कोभिड अस्पताल’


काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटल ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको हो । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिष्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणाको सिंहले स्वागत समेत गरे । नर्भिकले कोभिड संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अवस्थाको आकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो ।

कार्यकारी निर्देशक सिंहका अनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध एक सय ३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन् । नर्भिकमा रहेका ३५ आईसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । ‘हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन्’, सिंहले भने, ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया