Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

आठ हजार चार सय १८ मा कोरोना


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. कृष्ण पौडेलको भनाइ उद्धृत गर्दै राससले जनाएअनुसार प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ । यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो ।

यसैबीच, शनिबार आठ हजार चार सय १८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार तीन सय चार नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । यस्तै, तीन हजार तीन सय ७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कुल तीन हजार छ सय ३२ जनाको हालसम्म मृत्यु भएको छ । हालसम्म कुल २६ लाख १५ हजार सात सय २० जनाको परीक्षण गरिएको छ ।

कुल तीन लाख ८५ हजार आठ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेसनमा पुष्टि भएका केसको संख्या ८३ हजार चार सय ९३ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार सात सय ६५ जना निको भएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा तीन सय ८१ जना र ललितपुरमा चार सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार चार सय २६ छन् ।

निको भएकाको संख्या एक लाख १४ हजार पाँच सय ८०, मृत्यु भएकाको सङ्ख्या आठ सय २० रहेको छ । भक्तपुरमा तीन हजार पाँच सय ४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार नौ सय १४ छन् भने एक सय ७२ जनाको ज्यान गएको छ । ललितपुरमा हाल सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार सात सय १२ छ भने निको भएकाको सङ्ख्या १७ हजार आठ सय १३ छ । यस्तै कोरोनाका कारण दुई सय ३३ जनाको ज्यान गएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया