Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिनामा ११ अर्ब ६३ करोड रुपैयाँको बोनस सेयर

छ महिनामा ११ अर्ब ६३ करोड रुपैयाँको बोनस सेयर


काठमाडौँ, माघ १
नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको सेयर संख्या बढेको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ११ अर्ब ६३ करोड ४८ लाख ७३ हजार पाँच सय ३२ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् । यस अवधिमा सबै किसिकमका गरी ३७ वटा कम्पनीहरुको ११ करोड ६३ लाख ४८ हजार सात सय ३५ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बोर्डका अनुसार २०७६ साउन ७ गतेदेखि २०७६ पुस १४ गतेसम्म नौवटा वाणिज्य बैंक, ११ वटा बीमा कम्पनी, आठवटा लघुुवित्त वित्तीय संस्था, दुुईवटा हाइड्रोपावर कम्पनी, एउटा होटल, एउटा फाइनान्स र एउटा अन्य समूहबाट उक्त परिमाणमा बोनस सेयर सूचीकृत भएको हो ।

गत आवको सोही अवधिमा भने आठ अर्ब २८ करोड २६ लाख एक हजार पाँच सय ४७ रुपैयाँबराबरको आठ करोड २८ लाख २६ हजार १५ दशमलव ४७ कित्ता बोनस सेयर सूचीकृत थियो । दाहालका अनुुसार उक्त अवधिमा पाँचवटा वाणिज्य बैंकसहित २८ वटा संस्थाहरुको बोनस सेयर सूचीकृत भएको थियो ।

चालू आवको पछिल्लो अवधिमा फर्ष्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको १७ प्रतिशतको अनुपातमा ११ करोड ६३ लाख ४६ हजार नौ सय ४६ रुपैयाँबराबरको ११ लाख ६३ हजार हजार चार सय ६९ दशमलव ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी छिमेक लघुुवित्त वित्तीय संस्थाको १८ प्रतिशतको अनुुपातमा १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । यही पुुस १० गते नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि दुुई दशमलव ५० प्रतिशतको अनुुपातमा सात करोड ५१ लाख ८६ हजार १३ रुपैयाँबराबरको सात लाख ५१ हजार आठ सय ६० दशमलव १३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

क्षेत्रीयस्तरको पूर्णिमा विकास बैंकको पाँच प्रतिशतको अनुपातमा दुुई करोड ६२ लाख ५१ हजार छ सय रुपैयाँबराबरको दुुई लाख ६२ हजार पाँच सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नागवेली लघुुवित्त वित्तीय संस्थाको पनि नौ दशमलव ३८ प्रतिशतको अनुुपातमा एक करोड ४३ लाख आठ हजार रुपैैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । दाहालका अनुुसार देव विकास बैंकको भने यस अवधिमा पाँच दशमलव ५० प्रतिशतको अनुुपातमा १३ करोड ९३ लाख ५२ हजार चार सय १९ रुपैयाँ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पनि चालू आवको पछिल्लो अवधिमा १२ प्रतिशतको अनुुपातमा १३ करोड ६८ लाख २८ हजार रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको पनि पछिल्लो अवधिमा ८४ प्रतिशतको दरमा ४९ करोड पाँच लाख ६० हजार रुपैैयाँ बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि यस अवधिमा २५ प्रतिशतको अनुुपातमा एक अर्ब नौ करोड ९२ लाख ३२ हजार एक सय ६२ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार वाणिज्य बैंकतर्फ भने सेञ्चुरी कमर्सियल बैंकको दुुई प्रतिशतको अनुुपातमा १६ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि ४० दशमलव ५० प्रतिशतको अनुुपातमा दुई करोड २२ लाख ७५ हजार रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । राधी जलविद्युत् कम्पनीको पनि दुुई करोड २५ लाख ५२ हजार पाँच सय रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भने चालू आवको पछिल्लो अवधिमा १३ करोड ४० लाख ८१ हजार छ सय ५० रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ करोड २९ लाख ३१ हजार, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको चार करोड ८६ लाख, रिलायन्स फाइनान्सको आठ करोड ९१ लाख ८७ हजार चार सय ३५, लुुम्बिनी विकास बैंकको ३७ करोड ७१ लाख ९७ हजार दुुई सय ३६, अपी पावर लिमिटेडको पाँच करोड ६७ लाख, प्राइम कमर्सियल बैंकको एक अर्ब २८ करोड ५३ लाख २७ हजार आठ सय रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेको इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको पनि बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया