Techie IT
×
गृहपृष्ठसमाचारतारागाउँको २३औं साधरणसभा

तारागाउँको २३औं साधरणसभा


काठमाडौं, माघ १
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो २३औं वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साधारणसभामा कम्पनीका सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावसमेत पारित भएको छ । साधारणसभाबाट आर्थिक वर्ष ०७५–०७६ को सञ्चालक समितिको २३औं वार्षिक प्रतिवेदनका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनलगायत पारित भएका छन् ।

साधारणसभामा सेयरधनीहरूको न्युन उपस्थिति रहेको थयो । कार्यक्रममा सेयरधनीहरूको तर्फबाट मन्तव्य राख्दै डा. सुन्दरलाल श्रेष्ठले कम्पनीले स्थापनकालबाट पहिलो पटक बोनस दिएकोमा खुशी व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष इन्द्रप्रसाद राजभण्डारी र सदस्यद्वय श्रीमती कमलादेवी श्रेष्ठ र वत्स शमसेर जवराले बैठक भत्ताबापत वार्षिकरूपमा ११/११ लाखभन्दा बढी रकम लिएको सेयरधनीहरूले विरोधसमेत जनाएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया