दुर्गा प्रसाईंले दिए उपाध्यक्ष गिरीविरुद्ध उजुरी
काठमाडौं, माघ १
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ । बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले सो कुराको जानकारी दिएका हुन् । आयोगका उपाध्यक्ष गिरीले भ्रष्टाचार तथा घुस लिनेलगायतका अनियमित कार्य गरी आयकरसमेत छलेर कानुनविपरीत अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै प्रसाईंले उनको सम्पत्तिको बारेमा छानबिन गरी कारबाहीको लागि मागसमेत गरेका छन् ।
कार्यकारी निर्देशक प्रसाईंले उपाध्यक्ष गिरीले ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष, स्वास्थ्य सेवा बीमा बोर्ड टेकुको कार्यकारी निर्देशक र हाल चिकित्सा शिक्षा आयोगमा रहेर भ्रष्टाचार तथा घुस लिने खाने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेर आफू र आफ्ना नातेदारको विभिन्न घर जग्गा, जमिन, सेयर, सुन, चाँदी, सेयर तथा विभिन्न बैंक खातामा अकुत गैरकानुनी सम्पत्ति आर्जन गरेकोले निजको गैरकानुनी चलअचल सम्पत्ति जफत गरी पाऊँ’ भनी मंगलबार सम्पति शुद्धीकरण अनुसन्धान विभाग र सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत मुद्दा दर्ता गरेको पत्रकार सम्मेलन गरी बताएका छन् ।
यसअघि प्रसाईंले उपाध्यक्ष गिरीले मेडिकल कलेज सम्बन्धनको विषयलाई लिएर द्वारिकाज होटलम आफूसँग उनले २० करोड घुस मागेको बताएका थिए । सो रकम दिन नसक्ने भए आफ्ना सम्धीको नाममा १० प्रतिशत सेयर माग गरेको प्रसाईंले बताउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया