Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन खर्ब ३४ अर्ब ६५ करोडबराबरको भारतीय रुपैयाँ खरिद

तीन खर्ब ३४ अर्ब ६५ करोडबराबरको भारतीय रुपैयाँ खरिद


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा तीन खर्ब रुपैयाँभन्दा बढीको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको हो । स्थायी तरलता सुविधामार्फत दुई अर्ब तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत एक खर्ब १३ अर्ब ९९ करोड र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड गरी कुल एक खर्ब ८३ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर दुई अर्ब ४३ करोड खुद खरिद गरी दुई खर्ब ८६ अर्ब ६८ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ४९ करोड खुद खरिद गरी दुई खर्ब ८५ अर्ब १८ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ८४ करोड बिक्री गरी तीन खर्ब ३४ अर्ब ६५ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब ७८ करोड बिक्री गरी तीन खर्ब १६ अर्ब ६३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

८८ अर्ब ८६ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७७ फागुन मसान्तमा ८८ अर्ब ८६ करोड लगानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार २०७७ फागुन मसान्तसम्ममा ७७ हजार एक सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब २४ अर्ब २८ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३८ हजार तीन सय ५५ ऋणीलाई प्रवाह भएको ८८ अर्ब २९ करोड कर्जा रहेको छ  ।

Open Photo

यसैगरी महिला उद्यमशील कर्जाअन्तर्गत ३६ हजार सात सय ६३ महिला उद्यमीलाई प्रवाह भएको ३२ अर्ब ९५ करोड कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७८ ऋणीको तीन अर्ब पाँच करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया