Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुण्डीको ८२ लाख रुपैयाँसहित चार जना पक्राउ

हुण्डीको ८२ लाख रुपैयाँसहित चार जना पक्राउ


काठमाडौं ।
पर्सा प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी)को ८२ लाख रुपैयाँसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई बुधबार दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ आदर्शनगरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारत बिहारका २७ वर्षीय विकास कुमार, २२ वर्षीय गुड्डुकुमार र १८ वर्षीय साहिल गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार प्रहरीले सो ठाउँमा अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचना पाएको र सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले अन्सारीको झोलामा हेर्दा २५ लाख फेला पारेको थियो ।

त्यस्तै, विकास कुमारमा छानबिन गर्दा दुईवटा कालो ब्याग र दुईवटा हेल्मेटभित्र ५७ लाख ५० हजार फेला पारेको खनालले बताए । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ । उनीहरूले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई ना.८ प.४८९७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । उनीहरूउपर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया