नाडा प्रतिनिधिले भने, कर कार्यालयका कर्मचारीको व्यवहार ठीक भएन
काठमाडौं, माघ २
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको नौ सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटी फेयर ट्रेड, सवारीसाधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले अटोमोबाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखा परेको, नाडाले भीसीटीएसका सम्बन्धमा देखा परेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको बताए । सोही क्रममा अध्यक्ष दुलालले काठमाडौं उपत्यकाको सडक तथा पुल निर्माणमा भइरहेको ढिलाइबारे जिज्ञासा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो समेत गरे ।
त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले अटोमोबाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुःखेसो पोखे । सो छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवर्द्धनमा देखा परेका समस्या तथा चुनौतीहरुबारे आफना धारणा व्यक्त गरे । सोही क्रममा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले हेभी इक्विपमेण्ट्स तथा कमर्सियल सवारीसाधनहरुको व्यवसायमा देखा परेका समस्याहरुबारे पनि चर्चा गरे ।
उक्त छलफलको क्रममा मन्त्री खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताए । उनले उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने बताउँदै बैंकहरुले लिने ब्याज खासगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताए । सवारीसाधनको व्यवसाय विशिष्ट किसिमको भएको भनु बताउँदै विश्व व्यापार संगठनको सदस्य भएको हैसियतले सवारीसाधनहरुमा लाग्ने करको दरमा पुनर्विचार गरिन लागेको जानकारी समेत दिए । सोही क्रममा उनले सुस्ताएको अटोमोबाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महसुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन समेत दिए ।
अर्थ मन्त्रालयलका राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणि पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया