Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको तथ्यांकमा कोरोनाबाट निको हुनेको प्रतिशत सामान्य वृद्धि

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा कोरोनाबाट निको हुनेको प्रतिशत सामान्य वृद्धि


काठमाडौं ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुमा निको हुनेको दर वृद्धि भएको छ । अक्सिजनको समस्या हल हुँदै जाँदा संक्रमितहरु धमाधम निको हुनथालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान रहेको छ । अक्सिजनको अहिले पनि अभाव रहे पनि एक साता अगाडिको जस्तो हाहाकारको अवस्था भने छैन ।

शनिबार आठ हजार आठ सय ४८ जना निको भएका थिए भने उक्त दिन निको हुनेको प्रतिशत ७५ दशमलव ८ प्रतिशत रहेको थियो । शनिबार एकै दिन आठ हजार नौ सय ८० संक्रमित निको हुँदा आठ हजार नौ सय ८० जना मात्र संक्रमित थपिएका थिए । उक्त तथ्यांकअनुसार निको हुनेभन्दा संक्रमित थपिनेको संख्या एक सय ३२ जना मात्र बढी थियो ।

त्यसअघि शुक्रबार निको हुनेको प्रतिशत ७५ दशमलव चार प्रतिशत थियो । उक्त दिन सात हजार आठ सय ९० जना निको भएर घर फर्किएका थिए । उक्त दिन संक्रमितको संख्या आठ हजार छ सय सात जना थिए ।

आइतबार भने निको हुनेको प्रतिशत ७६ दशमलव तीन प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार सात हजार छ सय ६४ जना निको भएका छन् । आइतबार एक सय ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सात हजार नौ सय १४ जना नयाँ संक्रमित थप भएका छन् । १९ हजार नौ सय २६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थप भएका हुन् ।

नेपालमा आइतबारसम्म एक लाख १५ हजार पाँच सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । आइतबारसम्म छ हजार तीन सय ४६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिनको अभाव भएको कारण संक्रमितको संख्या र मृत्यु हुनेको दर बढेको हो । सरकारले समयमै भ्याक्सिनको व्यवस्था गरेमा मृत्यु हुनेको दर घट्ने स्वास्थ्यविद्हरुले अनुमान गरेका छन् । भ्याक्सिन खरिदका लागि सरकारले पहल गरे पनि कुन देशको कुन नामको भ्याक्सिन ल्याउने भन्ने आइतबारसम्म पनि टुंगो लागेको छैन ।

यस्तै, काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार आठ सय २१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार सात सय ६१, ललितपुरमा छ सय ९४ र भक्तपुरमा तीन सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार आठ सय ७९ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५८ हजार १७ संक्रमित निको भएका छन् भने एक हजार चार हजार दुई सय ९७ सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा हाल छ हजार आठ सय ४५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २३ हजार चार सय ५५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट तीन सय ७७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार आठ सय एक सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १३ हजार दुई सय ७८ रहेको छ भने दुई सय ७९ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया