Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन तालिका पुनः सार्वजनिक

एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन तालिका पुनः सार्वजनिक


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले जेठ १० गते अर्थात् आज सोमबार पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही वैशाख २७ गते पनि राष्ट्र बैंकले १३ अर्ब ७४ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति जेठ ११ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ असार ८ गते, २०७८ भदौ ८ गते, २०७८ मंसिर ७ गते र २०७९ जेठ १० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको २२ अर्ब २० करोड ३२ लाख र नयाँतर्फ पाँच अर्ब रुपैयाँको रहेको छ ।

यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुुई अर्ब, एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरीको लागि नौ अर्ब ६३ करोड ५० लाख, एक सय ८२ दिने नौ अर्ब ८५ करोड ५० लाखको ट्रेजरीको लागि २१ अर्ब ७५ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँबराबरको ट्रेजरीको लागि १२ अर्ब ५५ करोड रुपैयाँबराबरको आवेदन परेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ६९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया