Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश नं १ सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

प्रदेश नं १ सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


विराटनगर ।
करुणा फाउन्डेसन नेपालले प्रदेश नं १ सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । फाउन्डेसनले आइतबार एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

करुणा फाउन्डेसनले संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका सात जिल्लाका जिल्ला अस्पताललाई तीन/तीन वटा र कोशी कोभिड अस्पतालका लागि नौवटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताए । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको जानकारी दिए ।

नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए । उनले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । साथै उनले यो संकटका बेला सरकारलाई सबैको साथ चाहिने भन्दै सामाजिक संघसंस्थाहरूले आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए । उनले करुणा फाउन्डेसनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया