Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशरद ऋतुमा अनुमति लिएका पाँच सय ३५ जनाले मात्र हिमाल आरोहण गरे

शरद ऋतुमा अनुमति लिएका पाँच सय ३५ जनाले मात्र हिमाल आरोहण गरे


महेन्द्र शाही
सोलुखुम्बु, माघ २
शरद ऋतुमा हिमाल आरोहण अनुमति लिएकामध्ये ५ सय ३५ जनाले मात्र हिमाल आरोहण गरेका छन । शरद ऋतुमा १ हजार २ सय १० जनाले हिमाल आरोहणका लागि अनुमति लिएकोमा ४४ दसमलव २१ प्रतिशत अर्थात ५ सय ३५ जनाले मात्र आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ ।

विभिन्न ६४ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको भएपनि ५४ देशका नागरिकले मात्रै हिमाल आरोहण गरेको विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार १० देशका नागरिकले भने हिमाल आरोहण गर्न नसकेका हुन् । हिमाल आरोहणका लागि देशका ५३ वटा हिमाल आरोहणका लागी अनुमति लिएको भएपनि २५ वटा हिमालको मात्र यो वर्षको शरद ऋतुमा आरोहण भएको छ ।

यस वर्षको सरद ऋतुमा सबै भन्दा बढीले मनास्लु हिमालको चुचुरोमा टेकेका छन् । मनास्लु हिमालमा मात्र १ सय ८८ जनाले पाइला टेक्न सफल भएकाछन । मनास्लु हिमाल आरोहणका लागि २ सय ६४ जनाले अनुमति लिएका थिए । बाँकी ७६ जनाले हिमाल आरोहणगर्न असफल भएको विभागको तथ्याङकमा उल्लेख छ ।

सबै भन्दा बढि आरोहण अनुमति लिएको आमादब्लम हिमालमा १ सय ८१ जनाले पाईला टेकेका छन् । आमा दब्ल महिमाल आरोहणका लागि ३ सय ४७ जनाले अनुमति लिएका थिए जस मध्ये १ सय ६६ जनाले हिमाल आरोहण गर्न नसकेको जनाइएको छ । त्यस्तै हिमलगु हिमाल आरोहणका लागि अनुमति लिएका ९५ जनामध्ये ३५ जना सफलभएभने ६० जना असफल भए । धौलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएकोमा २३ जनाले आरोहण गरेको र ८ जना आरोहण गर्न सफल भएको जनाइएको छ ।

यो पटकको शरद ऋतुमा सगरमाथा आरोहणका लागि२ समूहका १० जनाले अनुमति लिएको भए पनि कुनै पनि आरोहिले आरोहण गर्न सकेनन् । यो वर्षको शरद ऋतुमा हिमाल आरोहणबाट ६ करोड ५१ लाख ७० हजार २ सय ६० रुपैयाँ रोयल्टी संकलन भएको छ । यसैबीच यो वर्षको हेमन्त ऋतुमा हिमाल आरोहणको अनुमति लिनेको संख्या २७ पुगेको छ । अहिलेसम्म ५ समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म आमादब्लम हिमाल आरोहणका लागि १ समूहको १५ जनाले अनुम तिलिएका छन् । त्यस्तै सगरमाथा आरोहणका लागि २ समूहका ५ जना, नुप्से हिमाल आरोहणका लागि १ समूहका ५ जना र रोक्पाल हिमाल आरोहणका लागि १ समूहका २ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबै आरोही पुरुष रहेको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा बढी २३ जना स्पेनका नागरिक रहेका छन् । त्यस्तै जर्मनीका २ तथा अमेरिका र चीनका १–१ जना रहेका छन् । दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया