Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारेदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारेदेखि सुनुवाइ हुने


काठमाडौं ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ ।

अन्तरिम आदेश माग गरेका १९ रिट निवेदकको पेसी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनर्स्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन् ।

निवर्तमान प्रतिनिधिसभा एक सय ४६ सदस्यसहितका रिट निवेदनले संसद् पुनर्स्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेस गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै चार रिट निवेदन सोमबार दर्ता गराएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया