Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैतेश्वरको पाँच वडामा बुद्धको मूर्ति निर्माण

बैतेश्वरको पाँच वडामा बुद्धको मूर्ति निर्माण


दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँपालिका विभिन्न वडामा शान्तिदूत गौतम बुद्धको मूर्ति निर्माण गरेको छ । गाउँपालिकाले आठवटा वडामध्ये पाँच वडामा बुद्धको मूर्ति निर्माण गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । उनका अनुसार वडा नम्बर १ र २ गैरिमुदीमा दुईवटा बुद्धको मूर्ति निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिकाको वडा नम्बर ३ मिर्गेको लहरे मानेमा पनि बुद्धको मूर्ति निर्माण गरिएको छ । गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले वडा नम्बर ६ नाम्दुमा पनि बुद्धको मूर्ति निर्माण भइरहेको जानकारी दिए ।

नाम्दुमा निर्माणाधीन अवस्थामा रहेको मूर्तिको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाउँपालिकाको वडा नम्बर ८ क्षेत्रपामा पनि मूर्ति निर्माण सम्पन्न भइसकेको उपाध्यक्ष आचार्यले बताए । गाउँपालिले वडाको मागअनुसार बुद्धको मूर्ति निर्माण गर्न गतवर्ष २५ लाख र चालू वर्षमा थप ३० लाख बजेट छुट्ट्याएको थियो । जसमध्ये वडा नम्बर १, २ र ३ मा मूर्ति निर्माण गर्न गत वर्ष पाँच लाखका दरले १५ लाख र चालू वर्षमा १५ लाख बजेट थप गरेको थियो । त्यसैगरी चालू वर्षमा वडा नम्बर ६ र ८ मूर्ति निर्माण गर्न पनि बजेट थप गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया