Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञा नमान्नेविरुद्ध प्रशासन कठोर

निषेधाज्ञा नमान्नेविरुद्ध प्रशासन कठोर


काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुनलागेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीर रूपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिए । पराजुलीले भने, ‘सङ्क्रमण नियन्त्रण गर्नैपर्नेछ, आम नागरिकलाई भन्छु एक हप्ता कष्ट सहेरै भए पनि घरमै बसौँ ।’पछिल्लो २४ घण्टामा मुलुकभर छ हजार सात सय १४ नयाँ सङ्क्रमित थपिएकामा काठमाडौँ उपत्यकाका एक हजार चार सय ९३ छन् ।

बढ्दो सङ्क्रमण रोक्न काठमाडौँ प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया