Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयोगद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेस

आयोगद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेस


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेस गरेको छ । आयोगले जेठ ६ गते बिहीबार वाग्मती प्रदेशमा सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिको कार्यालयमार्फत राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

उक्त प्रतिवेदन आयोगको मंगलबारको निर्णयबाट स्वीकृत गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम पेस गरिएको आयोगले जनाएको छ ।

उक्त प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरू, राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणालगायतका विषयहरू समावेश गरी तयार गरिएको थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया