Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रूपैयाँ

आईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रूपैयाँ


काठमाडौँ । कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई एक अर्ब ४१ करोड रूपैयाँ सुनिश्चित गरेको छ ।
मन्त्रालयले पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन तीन करोड रूपैयाँ सुनिश्चित गरको छ ।

यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई तीन तीन करोड रूपैयाँ छ । पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन तीन करोड रूपैयाँको सहमति दिइएको छ । सेती प्रादेशिक अस्पताललाई छ करोड, गजेन्द्रनारायण अस्पताललाई नौ करोड, तुल्सीपुर अस्पताललाई नौ करोड र भक्तपुर अस्पताललाई १२ करोड रूपैयाँ सुनिश्चित गरिएको छ ।

आईसीयू भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई एक करोड ८० लाख रूपैयाँका दरले सहमति दिइएको छ । गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्पताललाई एक करोड २० लाख रूपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ ।

कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन तीन करोड रूपैयाँ सुनिश्चित गरिएको छ । अर्थ मन्त्रालयले मेची अस्पताल र धौलागिरि अस्पताललाई ६० लाख रूपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई दुई करोड ४० लाख रूपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेअनुरूप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया