Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रेष्ठको अध्यक्षतामा न्येफको ११ सदस्यीय कमिटी चयन

श्रेष्ठको अध्यक्षतामा न्येफको ११ सदस्यीय कमिटी चयन


काठमाडौं ।
नेपाली युवा उद्यमी फोरम (न्येफ)को १७औँ वार्षिक साधारणसभाले काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । कोभिड महामारीलाई ध्यानमा राख्दै कार्यक्रम अनलाइनबाट आयोजना गरिएको थियो ।

मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितीय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान सैँजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को–लर्निङका रूपमा पवित्र गौतम चुनिएका छन् भने सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन् । यस अघिसम्म प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए । अध्यक्षको कार्यकाल एक वर्षको हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया