Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन अर्ब बढीको हकप्रद सेयर स्वीकृत

तीन अर्ब बढीको हकप्रद सेयर स्वीकृत


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले तीन अर्ब चार करोड ९७ लाख सात हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर स्वीकृत गरेको छ । बोर्डका अनुसार चालू आर्थिक वर्ष सुुरु भएयता अर्थात् २०७७ भदौ २ गतेदेखि २०७८ वैशाख १९ गतेसम्ममा छ कम्पनीहरुलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड चार लाख ९७ हजार ७० दशमलव २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइएको हो ।

यसमध्ये समृद्धि फाइनान्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ३६ करोड ३९ लाख ६० हजार छ सय रुपैयाँबराबरको ३६ लाख ३९ हजार छ सय छ कित्ता हकप्रदको लागि अनुमति पाएको बोर्डले जनाएको छ । यसैगरी नेपाल फाइनान्सले पनि चालू आव सुरु भएपश्चात् नै बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहने गरी १६ करोड ९७ लाख ५० हजार छ सय २५ रुपैयाँबराबरको १६ लाख ९७ हजार पाँच सय छ दशमलव २५ कित्ता हकप्रद सेयरको लागि अनुमति पाएको थियो ।

नागरिक लगानी कोषले पनि बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुुई सय रुपैयाँबराबरको एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको थियो ।

बोर्डका अनुसार नारायणी डेभलपमेन्ट बैंकले पनि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत छ करोड ५६ लाख १६ हजार नौ सय रुपैयाँबराबरको छ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएको थियो । यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि बिक्री प्र्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहने गरी ५२ करोड ४१ लाख १९ हजार सात सय रुपैयाँबराबरको ५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो ।

बोर्डका अनुसार चालू आवको पछिल्लो अवधिमा अपी पावर कम्पनी लिमिटेडले पनि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो । बोर्डका अनुसार अनुमति पाएकामध्ये हालसम्म सबैजसो कम्पनीहरुले हकप्रद सेयरको बिक्री कार्य सम्पन्न गरिसकेका छन् ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया