Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्भिकले ल्यायो सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’

नर्भिकले ल्यायो सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’


काठमाडौं ।
पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्नथालेको छ । कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको हो । योसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर पाएका छन् । नर्भिक अस्पतालले दुई प्रकारका प्याकेज घोषणा गरेको छ । सस्तो दररेटको प्याकेज सात हजार पाँच सय रुपैयाँमा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

यो प्याकेजअन्तर्गत बिरामीको सीबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रेलगायतका जाँचको सुविधा उपलब्ध हुनेछ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ । यस्तै, चेस्ट एक्स रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ ।

सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार पाँँच सय रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्नसक्ने सुविधा उपलब्ध गराइएको छ । यस्तै, सोझै अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।

नर्भिक अस्पतालले केही दिनअघि मात्रै कोभिडपछि बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेको निष्कर्षसहित त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुवात गरिसकेको छ । सोही क्लिनिकमा बिरामीहरुले प्याकेजअन्तर्गतको सेवा पाउनेछन् । नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया