Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच आर्थिक वर्षमा सार्वजनिक संस्थानका चार क्षेत्रबाट लाभांश, दुई क्षेत्रको शून्य

पाँच आर्थिक वर्षमा सार्वजनिक संस्थानका चार क्षेत्रबाट लाभांश, दुई क्षेत्रको शून्य

व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय क्षेत्रले लाभांश प्रदान गर्दा औद्योगिक र सामाजिक क्षेत्रले लाभांश दिन सकेनन्


काठमाडौँ ।
– व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय क्षेत्रले लाभांश प्रदान गर्दा औद्योगिक र सामाजिक क्षेत्रले लाभांश दिन सकेनन्

– पाँच वर्षमा लाभांशमा उल्लेखनीय वृद्धि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र आयल निगम लाभांश दिनेको अग्रपंक्तिमा

– ४२ मध्ये व्यापारिक क्षेत्रका संस्था शतप्रतिशत नाफामा

पछिल्लो पाँच आर्थिक वर्ष (२०७२/०७३ देखि २०७६/०७७) मा सार्वजनिक संस्थानका छवटा क्षेत्रमध्ये चारवटा क्षेत्रले लाभांश दिन सफल भएको छ । सार्वजनिक संस्थानका व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय, औद्योगिक र सामाजिक गरी छवटा क्षेत्र रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ को संशोधित कुल गार्हस्थ्य उत्पादन ३९ खर्ब १४ अर्ब ७० करोडमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १०.९५ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८ मा व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय क्षेत्रले लाभांश प्रदान गर्दा औद्योगिक र सामाजिक क्षेत्रले भने लाभांश दिन नसकेको देखिएको हो ।

नेपाल सरकारले गरेको सेयर लगानीको प्रतिफलस्वरुप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त हुने गर्दछ । यस्तो लाभांश रकम आर्थिक वर्ष २०७२/०७३ मा सात अर्ब ८१ करोड १४ लाख रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा आइपुग्दा १४ अर्ब नौ करोड ९५ लाख रुपैयाँ छ । यसरी हेर्दा विगत पाँच वर्षमा लाभांश रकम उल्लेख्य वृद्धि भएको देखिन्छ । तर, कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०७६/०७७ मा ४.८८ प्रतिशतमात्र प्रतिफल प्राप्त भएको छ ।

लाभांश कुल पाँचवटा सार्वजनिक संस्थानबाट मात्र प्राप्त भएको र यसको ४३.८२ प्रतिशत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा ३६.५७ प्रतिशत नेपाल आयल निगम लिमिटेडबाट प्राप्त भएको छ ।विगत पाँच आर्थिक वर्ष अवधिमध्ये आर्थिक वर्ष २०७२/०७३ मा सार्वजनिक संस्थानका सेवा क्षेत्रबाट ४२ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब ८६ करोड २० लाख, वित्तीय क्षेत्रबाट ९४ करोड ५१ लाख गरी कुल सात अर्ब ८१ करोड १४ लाख लाभांश प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा व्यापारिक क्षेत्रबाट १४ करोड ५४ लाख, सेवा क्षेत्राट ८१ लख, जनोपयोगी क्षेत्रबाट छ अर्ब ९९ करोड ९२ लाख, वित्तीय क्षेत्रबाट ६२ करोड ४२ लाख गरी कुल सात अर्ब ७७ करोड ७० लाख लाभांश प्राप्त भएको छ ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ मा सेवा क्षेत्रबाट एक अर्ब ६४ करोड ३१ लाख, जनोपयोगी क्षेत्रबाट सात अर्ब ५४ करोड ८१ लाख, वित्तीय क्षेत्रबाट ७० करोड ३६ लाख गरी कुल नौ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ लाभांश प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा व्यापारिक क्षेत्रबाट ५६ करोड पाँच लाख, सेवा क्षेत्रबाट ३८ करोड २३ लाख, जनोपयोगी क्षेत्रबाट सात अर्ब ५४ करोड ८२ लाख, वित्तीय क्षेत्रबाट ९७ करोड ९९ लाख गरी कुल नौ अर्ब ४७ करोड १० लाख लाभांश प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा भने व्यापारिक क्षेत्रबाट पाँच अर्ब १५ करोड ४७ लाख, सेवा क्षेत्रबाट २५ करोड ७४ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब १७ करोड ७७ लाख, वित्तीय क्षेत्रबाट दुई अर्ब ५० करोड ९७ लाख गरी कुल १४ अर्ब नौ करोड ९५ लाख लाभांश प्राप्त भएको छ ।

यस्तै सोही पाँच आर्थिक वर्षको अवधिमा औद्योगिक र सामाजिक क्षेत्रबाट (शून्य प्रतिशत) लाभांश प्राप्त भएको छैन । गत आर्थिक वर्षमा सार्वजनिक संस्थानहरुको चार क्षेत्रबाट ४८.८७ प्रतिशतले लाभांशमा वृद्धि भएको छ । जुन २०७२/०७३ मा २०.९५ प्रतिशत थियो ।

४२ मध्ये व्यापारिक क्षेत्रका संस्था शतप्रतिशत नाफामा, विद्युत् प्राधिकरण नाफामा
गत आर्थिक वर्षमा ४२ वटा सार्वजनिक संस्थामध्ये वित्तीय क्षेत्रका शतप्रतिशत सार्वजनिक संस्थानहरु शतप्रतिशत लाभांश कमाउन सफल भएका छन् । वित्तीय क्षेत्रअन्तर्गतका कृषि विकास बैंक लि, राष्ट्रिय बीमा संस्थान (जीवन), राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक लि., निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि, नेपाल बैंक लि तथा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, आयल निगमलगायतका संस्थानहरुले गत आर्थिक वर्षमा नाफा कमाएका छन् ।

सार्वजनिक संस्थानअन्तर्गत गत आर्थिक वर्षमा प्रत्यक्ष रुपमा २८ हजार तीन सय ६४ जना रोजगारीमा आबद्ध भएको पाइन्छ भने सोमध्ये सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार चार सय चार जना (४७.२६ प्रतिशत) र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा १२ हजार ७९ जना (४.५१ प्रतिशत) रहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया