Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई वर्षभित्र नेपाल दुध उत्पादनमा आत्मनिर्भर बन्ने कृषिमन्त्रीको दाबी

दुई वर्षभित्र नेपाल दुध उत्पादनमा आत्मनिर्भर बन्ने कृषिमन्त्रीको दाबी


काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेकी छिन् । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै उनले हाल प्रतिव्यक्ति ११ लिटर दुध अपुग रहेको बताइन् । सरकारले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी बजेट ल्याएकोले दुई वर्षभित्र नेपाल दुधमा पूर्णरूपमा आत्मनिर्भर बन्ने उनले दाबी गरिन् ।

यस्तै दुग्ध क्षेत्रमा भएका समस्या समाधान गर्दै दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागेको जानकारी दिइन् । ‘दुग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौँ । ती समस्या समाधान भएनन् भने दुध दिवस मनाएको कुनै औचित्य हुनेछैन’, उनले भनिन् । साथै उनले दुग्ध क्षेत्रको संवद्र्धनमा सबैको संकल्प जरुरी रहेको बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

मन्त्री अर्यालले सरकारले दुध नीति अगाडि बढाएको भन्दै अहिलेको असहज परिस्थतिलाई विशेष अवस्थाको रूपमा बुझेर धैर्यता गर्न समेत किसानहरूलाई आग्रह गरिन् । ‘हामी सामाजिक दूरी कायम राखेर आफ्ना गतिविधि सञ्चालन गर्ने ठाउँमा छौँ । असहजतालाई विशेष अवस्थाको रूपमा बुझेर धैर्यता गर्नुपर्छ । किसान दाजुभाइले पनि हेक्का राख्नुपर्छ’, उनले भनिन्, ‘व्यवसायबाटै पछि हट्ने सोच बनाउनु हुँदैन ।

डीडीसीबाट प्रस्ताव गएको छ । भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दुध नीति अगाडि बढाएका छौँ । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्त गरेका छौँ । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’ डीडीसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुपर्ने अवस्था भए पनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको उनले बताइन् । बजार खुलेपछि खपत बढाउने गरी काम गर्न समेत उनले निर्देशन दिइन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया