Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य उपकरण सहजीकरण अभियान सञ्चालन

स्वास्थ्य उपकरण सहजीकरण अभियान सञ्चालन


काठमाडौं ।
नेपाली कांग्रेसले कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन वायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरी निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरेको छ ।

सबै अस्पताल, स्थानीय स्वास्थ्य संस्था तथा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितले प्रयोग गरिरहेका उपकरणमा प्राविधिक समस्याको निःशुल्क समाधान गर्ने उद्देश्यले सो अभियान सुरुआत गरिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गरी संक्रमित बिरामीले प्रयोग गर्ने उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थितिअनुकूल प्रत्यक्ष अथवा जुम, ह्वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि माध्यमबाट प्रशिक्षित गरिने जानकारी दिए ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको नेतृत्व तथा पार्टीको शुभेच्छुक संस्था सिडेनको सहभागितामा देशै भरी बायो मेडिकल इञ्जिनियरहरूको ‘अभियान संयोजन समूह’ले अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उनले बताए ।

अभियानमार्फत लाभान्वित हुनचाहने अस्पताल, स्थानीय स्वास्थ्य संस्था, सङक्रमित व्यक्ति, संक्रमितका परिवार या स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक या सदस्यलाई सम्पर्क राख्न सक्नेछन् ।

सम्भव भएसम्मका ठाउँमा वायो मेडिकल इञ्जिनियरहरूले भौतिकरूपमै पुगेर सेवा दिनेछन् भने स्थितिअनुरूप प्रविधिको अन्य विविध माध्यमबाट लाभान्वित हुनसकिने प्रवक्ता शर्माले जानकारी दिए ।

उनका अनुसार विभाग सदस्य एवं प्रविधि उपसमितिका संयोजक ई. दिपेश विष्ट (९८५१०७६०३०), सिडेनका अध्यक्ष ई. उमेशप्रसाद थानी (९८५१०८९४४८) र विभाग सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. अन्जनीकुमार झा (९८५१११७५३८) रहनुभएको ‘मुल समन्वय समिति’ गठन गरिएको छ । वायोमेडिकल इञ्जिनियरहरूको देशव्यापीरूपमा संयोजन ई हरिराम दवाडीले गर्ने उनले जानकारी दिए ।

अभियानको ‘केन्द्रीय रेस्पोन्स टिम’मा संयोजक दवाडी (९८५१०६५२०८) र सदस्यहरू ई. अमितकुमार चौधरी, ई. मुकुन्द खतिवडा, ई. सुशील तिमिल्सिना, ई. पंकजकुमार झा, ई. ताचल निरौला, ई. आस्था न्यौपाने, ई. मणिराज पनेरु, ई. नितु श्रेष्ठ, ई. सुरज शर्मा, ई. प्रज्वल वाग्ले, ई. उत्तम श्रेष्ठ, ई. मिहिर खकुरेल, ई. दिपेश चौधरी र ई. सुबोध अधिकारी रहेका छन् ।

अभियानलाई प्रदेशस्तरीय रूपमा संयोजन गर्न प्रदेश नं १ मा ई. हरिकुमार देव (९८५२०४९१४१) र ई. प्रदिपराज साह (९८४९१३९२७९), प्रदेश नं २ मा मनोजकुमार दास संयोजक (९८५५०२४८२८), ई सन्तोषकुमार साह (९८४९९३७९७७) र ई. जुनाद इकबाल (९८१४२७४७०४) तथा बागमती प्रदेशमा ई. शिवलाल चालिसे (९८५५०६४८७८) र ई. रवि रमण अधिकारी (९८५५०५२४८६) को टिम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशमा ई. सुरेन्द्र पाण्डे (९८५६०३५९०४) र ई. रबिन्द्र बस्ताकोटी (९८५६०३८४३०), लुम्बिनी प्रदेशमा ई. अनुप चौधरी (९८५१२३३८५५) र ई. शरद भन्डारी (९८५११५९५३९), कर्णाली प्रदेशमा ई. हरि केसी (९८५८०२३३५३) र ई. सन्देश क्षेत्री (९८४३६०११२७) तथा सुदूरपश्चिम प्रदेशमा ई. अरुणकुमार जोशी (९८५८४७७७५०) र ई. जय साउँद (९८६८८२२९६८) रहेको टिम गठन गरिएको छ ।

अभियानको संस्थागत घोषणा सार्वजनिक गर्नु केही समयअघिदेखि नै अभियानले आन्तरिक रूपमा प्राप्त सूचनाहरूका आधारमा सेवा दिन प्रारम्भ गरिसकेको छ । सार्वजनिक घोषणाले विस्तारित क्षेत्रमा लाभ पु-याउने लक्ष्यलाई सघाउने अभियानको विश्वास छ । अभियान आवश्यकता र परिस्थितिअनुरूप महामारीसँग जुध्नुपर्ने जरुरी समयसम्म चल्ने बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया