पर्सा, माघ ३
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको बिहीबार वीरगञ्ज महानगरपालिका ६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र बीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्रमार्फत स्थानीय निकाय, सञ्चारकर्मी र प्रहरी सबै पक्ष सहकार्य गरेर अगाडि बढ्न सके सुरक्षित वातावरण निर्माण गर्न सकिने उल्लेख गर्दै सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिने बताए । स्थानीय तहले अघि बढाएको विकास निर्माण कार्यका लागि सुरक्षा संयन्त्रको रुपमा नेपाल प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्की र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरिक्षक वसन्त लामा, स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया