Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै ! 

व्यापारघाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै ! 


काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ‘चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापारघाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै !’ भएको टिप्पणी गरेका छन् । देउवाले बुधबार एक विज्ञेप्ती जारी गर्दै अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको बताएका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने’ भन्ने उल्लेख छ । उक्त बुदाँ बजेटमा समावेश भएपछि त्यसको चौतर्फी रूपमा विरोध हुँदै आएको छ । सभापति देउवाका अनुसार विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् ।

विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नितिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र भएको उनको भनाई छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको थियो । ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको थियो । सो निति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापारघाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ मात्रै भएको उनलको भनाई छ ।

‘निश्चयनै देशले बर्सौंदेखि व्यापारघाटा ब्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन’, देउवाद्धारा जारी विज्ञेप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया