Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअज एस्किलपियसले दिएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो

अज एस्किलपियसले दिएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो


काठमाडौं ।
चीनको शांघाईमा रहेको प्रसिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर चिनियाँ कम्युनिष्ट पाटीमार्फत नेपाल भित्रिएको छ । कोरोना महामारीको नियन्त्रणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको आग्रहमा अज एस्किलपियस कम्पनीले उल्लिखित अत्याधुनिक प्रविधिका उपकरणहरु नेपाल पठाएको हो ।

कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सीपीसीमार्फत सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइसकिएको जनाएका छन् । यही जेठ १२ गते (मे २६) का दिन चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्वदलीय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले यस्तो महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।

उनले हज्यो किष्लनरंग टेक्नोलोजी ग्रुप कम्पनीले पनि नेपाललाई छ लाख एन९५ मास्क उपलब्ध गराएको जनाएका छन् । चीन र नेपाल एक अर्कालाई राम्रो छिमेकी र भाइहरूको रूपमा सहयोग गरिरहेको पनि बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया