Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा कोरोना संक्रमितको संख्या फेरि बढ्यो

काठमाडौंमा कोरोना संक्रमितको संख्या फेरि बढ्यो


काठमाडौं ।
जेठ १३ र १४ गतेको तुलनामा जेठ १५ गतेबाट काठमाडौं जिल्लामा कोभिड–१९ को संक्रमितको संख्या घटे पनि बिहीबार भने संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार नौ सय ६९ जनामा मात्र काठमाडौं जिल्लामा कोरोना पुष्टि भएकामा बिहीबार बढेर एक हजार छ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जेठ १३ गते एक हजार सात सय ३८, जेठ १४ गते एक हजार सात सय ९६ रहेकामा १५ गते आठ सय ६७ मा झरेको थियो । १६ गते आठ सय चार जनामा मात्र काठमाडौं जिल्लामा कोरोना संक्रमित फेला परेकामा १८ गते एक हजार ६० पुगेको थियो भने १९ गते बुधबार नौ सय ६९ मात्र थियो । तर, बिहीबार एक्कासि बढेर काठमाडौं जिल्लामा मात्रै संक्रमितको संख्या एक हजार छ सय ३० जना थप भएका छन् । जेठ १४ गतेपछि सबैभन्दा बढी एकै दिन थपिएको संख्या बिहीबारकै धेरै हो ।

बिहीबार थप भएको संख्यासहित काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार तीन सय ८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार आठ सय ५२ रहँदा एक हजार छ सय ५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कुल सक्रिय सङ्क्रमित चार हजार एक सय ७४ छन् भने निको भएका १५ हजार नौ सय ३१ छन् ।

यस्तै कोरोनाका कारण सो जिल्लामा तीन सय २९ जनाको ज्यान गएको छ । उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन् । कुल २७ हजार सात सय २४ जना निको हुँदा चार सय ५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।

यस्तै, बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार छ हजार आठ सय २५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कुल २१ हजार सात सय ७३ नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआर विधिबाट १८ हजार पाँच सय ६२ र एन्टिजेन विधिबाट तीन हजार दुई सय ११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार नौ सय चार जना निको भएका छन् ।

नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कुल ७५ जनाको दुःखद निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कुल मृत्यु हुनेको सङ्ख्यामा सात हजार छ सय ३० जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार नौ सय ३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार चार सय ६७ जना निको भएका छन् । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । 

‘नेपालमा अहिले नयाँ भेरिएन्ट भेटिएको छैन’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरिएन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरिएन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरिएन्ट फेला नपरेको पुष्टि गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया