Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहवाइ इन्धनको मूल्य घटाउन निर्देशन

हवाइ इन्धनको मूल्य घटाउन निर्देशन


काठमाडौं ।
हवाइ इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्देशन दिएका छन् । बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै उनले हवाइ इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेललगायतसँग हवाइ इन्धनको मूल्य घटाउने बारेमा छलफल गरेका थिए । हवाइ इन्धनको मूल्य महँगो भएको निष्कर्ष मन्त्री ढकालको रहेको छ ।

साथै उनले इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिएका छन् । हवाइ इन्धनको समयानुकूल समायोजन नहुँदा हवाइ कम्पनीहरू मारमा परेका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाइ इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया