Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको पीसीआर परीक्षण घटाइयो

कोरोनाको पीसीआर परीक्षण घटाइयो


काठमाडौं
सरकारले कोरोना परीक्षणको दर घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा आरटी पीसीआर विधिबाट ११ हजार पाँच सय ४० जनाको मात्र कोरोना परीक्षण गरिएको छ भने एन्टिजेन विधिबाट पाँच हजार तीन सय ४३ जना गरी १६ हजार आठ सय १४ जनाको कोरोना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गराउँदा तीन हजार पाँच सय ४० र एन्टिजेन विधिबाट परीक्षण गराउँदा एक हजार पाँच सय दुई जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि शुक्रबार पीसीआर र एन्टिेजन गरी २० हजार आठ सय १३ जनाको कोरोना परीक्षण गरिएको थियो । थोरै परीक्षण गर्दा पनि काठमाडौं जिल्लामा सात सय २३ जना शनिबार मात्र कोरोना संक्रमित भएका छन् ।

शनिबार देशभर कोरोनाबाट थप ६८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार सात सय ९९ जना पुगेको छ । नेपालमा शनिबार आठ हजार दुई सय ४३ जना निको भएका छन् ।

सरकारले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको मृत्यु नभएको देखिएमा ११ दिनपछि उक्त व्यक्ति कोरोनाबाट मुक्त भएको मानेर कोरोनामुक्त हुनेहरुको तथ्यांक निकाल्ने गरेको छ । कतिपय व्यक्तिमा २० दिनपछि पनि कोरोना देखिने गरेको छ । तर, सरकारले भने उनीहरुको नाम निको हुनेमा निकालिसकेको हुन्छ । नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या ९२ हजार नौ सय २८ जना मात्र रहेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया