Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुमा निक्षेप खाताको तुलनामा कर्जा खाता न्यून

बैंकहरुमा निक्षेप खाताको तुलनामा कर्जा खाता न्यून

तीन करोड ६३ लाख निक्षेप खातामार्फत ४४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संंकलन


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुले कुल तीन करोड ६३ लाख ६६ हजार ४१ वटा निक्षेप खातामार्फत कुल ४४ खर्ब ६४ अर्ब ६१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीसहित कुल ६५ वटा संस्थाहरुले उक्त अनुपातमा निक्षेप संकलन गरेका हुन् ।

लघुवित्त वित्तीय संस्थाबाहेकको वाणिज्य बैंकहरुको चार हजार सात सय दुई, विकास बैंकहरुको एक हजार १३ र फाइनान्स कम्पनीहरुको दुई सय ६३ समेत गरी कुल पाँच हजार नौ सय ७८ वटा शाखामा रहेका निक्षेप खातामार्फत उक्त परिमाणमा निक्षेप जम्मा भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वाणिज्य बैंकहरुमा मात्र भने कुल तीन करोड १५ लाख ६५ हजार तीन सय ७४ वटा निक्षेप खातामार्फत कुल ३९ खर्ब ४५ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन भएको छ । चालू आवको पछिल्लो नौ महिनामा विकास बैंकहरुमा भने कुल ४० लाख ८८ हजार चार सय ९८ वटा निक्षेप खातामार्फत चार खर्ब १६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।

यसैगरी फाइनान्स कम्पनीहरुतर्फ भने कुल सात लाख १२ हजार एक सय ६९ वटा निक्षेप खातामार्फत एक खर्ब दुई अर्ब ६० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल १६ लाख ८२ हजार आठ सय ४५ वटा कर्जा खातामार्फत कुल ४० खर्ब २१ अर्ब २२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्र १३ लाख ३४ हजार वटा कर्जा खातामार्फत ३५ खर्ब ६८ अर्ब ६६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकहरुले भने यस अवधिमा कुल तीन लाख एक हजार पाँच सय १४ वटा कर्जा खातामार्फत तीन खर्ब ६७ अर्ब ९० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने यस अवधिमा कुल ४७ हजार तीन सय ३१ वटा कर्जा खातामार्फत कुल ८४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया