Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयल निगम घाटा देखाउँदै मूल्य बढाउँदै

आयल निगम घाटा देखाउँदै मूल्य बढाउँदै


काठमाडौं ।
नेपाल आयल निगमले घाटा देखाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने चलनलाई यसपटक पनि दोहो¥याएको छ । निमगले शनिबार रातिदेखि लागू हुने गरी बढाएको मूल्यले आमउपभोक्तालाई ठूलो समस्यामा पारेको छ । पेट्रोलको मूल्य वृद्धि हुँदा न्यून आय भएका उपभोक्तालाई खासै ठूलो आर्थिक बोझ नपर्ने भए पनि डिजेल र मट्टितेलको मूल्यवृद्धिले आम उपभोक्तालाई ठूलो झड्का लागेको छ ।

आयल निगमले शनिबार रातिदेखि नै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । हवाइ इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फको वृद्धि गरेको छ । सरकारले लक डाउन खोल्नासाथ आन्तरिक उडान हुँदा प्रत्यक्ष रुपमा नेपाली उपभोक्ता नै महंगीको मारमा पर्ने हुन् ।

आयल निगमको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर एक सय आठ रुपैयाँ र आन्तरिकतर्फको हवाइ उडानतर्फको मूल्य ८० रुपैयाँ तोकिएको छ । लकडाउन भएपछि निगमले दोस्रो पटक मूल्यवृद्धि गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया