Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा आरटीजीएस कारोबारको समयसीमा थप

राष्ट्र बैंकद्वारा आरटीजीएस कारोबारको समयसीमा थप


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कारोबारको समयसीमा थप गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचक जारी गर्दै यही जेठ २५ गतेदेखि जेठ मसान्तसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फछ्र्योटको लागि साताका सबै कारोबार दिनहरुमा नर्मल बिजनेस डे सञ्चालन हुने जानकारी दिएको छ ।

सोपश्चात् अर्थात् असार १ गतेदेखि भने अर्को सूचना जारी नभएसम्मका लागि सबै दिनहरुमा संक्षिप्त बिजनेस डे सञ्चालन गरी बिहान सञ्चालन हुने अन्तर बैंक भुक्तानीसम्बन्धी सेवा २ बजेसम्म कायम हुने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया