Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट कार्यान्वयनको लागि कार्यविधि तयार गर्न निर्देशन

बजेट कार्यान्वयनको लागि कार्यविधि तयार गर्न निर्देशन


काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयनको लागि कार्यविध तयार गर्न उनले विभागीय प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

साथै उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने, ‘असार १ गतेबाट भर्ना प्रक्रिया सुरु गर्नेछौँ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस् ।’ मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रक्रिया अघि बढाइएको जानकारी समेत दिए ।

बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका एक हजार पाँच सय विद्यालय र क्याम्पस पुनर्निर्माण हुने उनले बताए । उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराउनेलगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्रअगावै पुस्तक ढुवानी गर्न खुला गर्न आग्रह गरेका थिए । शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुन्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रक्रिया अघि बढाउने, शैक्षिक सत्रअगावै सबै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पु-याउने व्यवस्था गर्र्न प्रक्रिया अघि बढाउनुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया