Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमले घटायो उडान भाडा

निगमले घटायो उडान भाडा


काठमाडौं ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ । इन्धनको मूल्य घटेसँगै सोमबारदेखि लागू हुने गरी कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाइएको हो ।

निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ । नयाँ मूल्यअनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार चार सय ६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार पाँच सय २० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार पाँच सय ८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार सात सय १० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार एक सय ३० डलरले घटाएको छ । महँगो हवाइ इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमले हवाइ इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएको थियो ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर आठ सय ९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिलिटर सात सय १५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर एक सय ७८ ले मूल्य घटाएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया