Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनबिल बैंकको एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ

नबिल बैंकको एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ


उदयपुर ।
नबिल बैंकको एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

समाचार कक्षका अनुसार उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी पनि प्रहरीले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया