Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमितमध्ये झण्डै १७ सय गम्भीर बिरामी

कोरोना संक्रमितमध्ये झण्डै १७ सय गम्भीर बिरामी


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितमध्ये झण्डै १७ सय जनाको अवस्था अझै पनि गम्भीर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक हजार तीन सय २१ जना सघन उपचार कक्ष (आईसीयू) र तीन सय ७२ भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गम्भीर बिरामी भएकाहरुलाई आईसीयू र भेन्टिलेटरमा राखिन्छ । पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा कमी आए पनि गम्भीर प्रकृतिका बिरामीको संख्या भने घटेको छैन ।

मन्त्रालयका अनुसार आईसीयूमा प्रदेश नं. १ मा दुई सय दुई, प्रदेश नं. २ मा ७२, वाग्मतीमा सात सय ३८, गण्डकीमा एक सय १४, लुम्बिनीमा एक सय ३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना छन् । त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वाग्मतीमा दुई सय ५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा नौ र सुदूरपश्चिम प्रदेशमा सात जना छन् । होम आइसोलेसनमा ७६ हजार पाँच सय ५० र संस्थागत आइसोलेसनमा छ हजार एक सय ८६ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा १७ हजार छ सय ७६ नमूना परीक्षणमा पाँच हजार एक सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ७० र पाँच हजार छ सय ११ एन्टिजेन परीक्षण गर्दा एक हजार दुई ८३ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ९५ हजार तीन सय ६४ पुगेको छ । नेपालमा पीसीआर परीक्षण गरेकामध्ये संक्रमण दर १८.८ प्रतिशत रहेको छ । यस्तै मंगलबार छ हजार पाँच सय ७० जना संक्रमित निको भएका छन् । सरकारले कोरोना संक्रमित भएको १० दिनपछिका बिरामीलाई निको भएकाको लिष्टमा राख्ने गरेको छ ।

नेपालमा निको हुने दर ८४ दशमलव ७ प्रतिशत रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या पाँच लाख चार हजार पाँँच सय ३० पुगेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक सय आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार ९८ पुगेको छ । नेपालमा प्रति दश लाखमा २७७.९ जनाको संक्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया