Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको निधन

निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको निधन


काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलवार निधन भएको छ । महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका संस्थापक हुन् । उनले महासंघमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । उनी हाल महासंघको मानार्थ सदस्य थिए । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए ।

स्वर्गिय शर्माका सुपुत्र रमेश शर्मा महासंघको स्थापनाकालदेखि एसोसिएट सदस्यको रूपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक, महासंघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् । पशुपति आर्यघाटमा शर्माको शवमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । महासंघका महासचिव रोशन दाहालले शोक वक्तव्यमार्फत शर्माको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया