Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक मर्ज हुने

नबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक मर्ज हुने


काठमाडौं ।
नबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्ज हुने भएको छ । एनसीसी बैंक उच्च स्रोतका अनुसार एनसीसीले नबिलसँग मर्जरमा जाने अन्तिम तयारी गरेको छ । ‘यसको लागि दुवै बैंकले यही जेठ २८ गते शुक्रबार सञ्चालक समितिको बैठक बोलाएको र सोही बैठकले मर्जरसम्बन्धी निर्णय गर्छ’, उक्त स्रोतले भनेको छ । स्रोतका अनुसार मर्जरको लागि एनसीसीको एक सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता सेयर कायम हुने गरी सहमति गरिएको छ । उक्त सहमतिअनुसार मर्जर भएको खण्डमा एनसीसीको एक सय कित्ता सेयर हुनेले नबिलको जम्मा ३५ कित्ता मात्र सेयर पाउने स्रोतको दाबी छ ।

स्रोतका अनुसार एनसीसीले यसअघि नेपाल बंगलादेश बैंकसँग मर्जरमा जानको लागि विभिन्न तहमा छलफल गरेको थियो । त्यसको लागि एनसीसीको एक सय कित्ता सेयरबराबर एनबी बैंकको ८० कित्ता सेयर कायम हुने सहमति समेत भएको थियो तर त्यो छलफल छलफलमा नै सीमित रह्यो । एनबीसँगको मर्जरको बारेमा कुनै निर्णय हुन नसकेको स्रोतको भनाइ छ ।

‘त्यसपछि भने एनसीसीले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाने विषयमा छलफल ग-यो त्यो पनि सफल हुनसकेन’, स्रोतले भन्यो । यसैगरी एनसीसीले मर्जरमा जानको लागि सनराइज बैंकसँग पनि विभिन्न चरणमा छलफल गरेको र त्यो पनि सफल नभएपछि अहिले आएर नबिलसँग मर्जरमा जाने अन्तिम तयारी भएको हो । स्रोतका अनुसार अहिले पनि मर्जरको विषयमा नबिल बैंक र एनसीसी बैंकका सञ्चालकहरुबीच विभिन्न चरणमा छलफलहरु भइरहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया