Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन


काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको पाएइको मन्त्री श्रेष्ठको भनाइ छ ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८८औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन समेत दिए ।

पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न उनले केन्द्रलाई निर्देशन दिएका हुन् ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको पाइएको छ । अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जीकेलगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेका छन् । अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । तत्काल अनुगमन गरी गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ थियो । उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताए ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुननदिन सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिन पनि निर्देशन दिए । यस्तै बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठयक्रम स्वीकृत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया