Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रिपरिषद्लाई पूर्णता गृहमा अधिकारी, सञ्चारमा थापा

मन्त्रिपरिषद्लाई पूर्णता गृहमा अधिकारी, सञ्चारमा थापा


काठमाडौं ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी हुन् । नेकपा (एमाले) र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई बिहीबारबाट २५ सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । नेपालको संविधान पनि मन्त्रिपरिषद् २५ सदस्यीय हुने उल्लेख छ ।

यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । नवनियुक्त मन्त्रीहरूको बिहीबार नै शपथ भएर उनीहरुले पदभार ग्रहण गरेका छन् ।

बिहीबार नियुक्त भएका मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपक्षी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री भएका छन् । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् ।

पछिल्लो पटक गत वैशाख ३० गते ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री भएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया