Techie IT
×
गृहपृष्ठbreakingसांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गर्ने व्यक्ति पक्राउ

सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गर्ने व्यक्ति पक्राउ


काठमाडौं ।
काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दागर्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले डडेल्धुरा सेतीबेसी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति पक्राउ गरेको हो ।

क्षेत्रीबाट चोरीमा प्रयोग हुने औजार बरामद भएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई पनि मंगलबार पक्राउ गरेको जानकारी दिएको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा दुई दिन कैद, दुई लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसका अतिरिक्त चोरी मुद्दाका फरार प्रतिवादी झापा भद्रपुर नगरपालिका–१ बस्ने ३८ वर्षीय मदन सुब्बा योङहाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत इलामको २०७३ वैशाख ७ गतेको फैसलाले एक महिना १५ दिन कैद र ४७ हजार दुई सय ८५ रुपैयाँ १० पैसा जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भक्तपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


क्याटेगोरी : breaking, समाचार


तपाईको प्रतिक्रिया