Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररेल सञ्चालन गर्ने अनिश्चित नयाँ भाका !

रेल सञ्चालन गर्ने अनिश्चित नयाँ भाका !

‘खुवालुङ ढुंगाको विषय पत्रिकाले केही समाचार नपाएर त्यन्द्रोलाई लठ्ठा बनाए’


काठमाडौं ।
वैशाख पहिलो साता जनकपुर पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सोही महिनाभित्र रेल सञ्चालन गरिने बताए । धनुषा र महोत्तरीका सुरक्षा अधिकारी, राजनीतिकर्मी र स्थानीयसँगको भेटमा वैशाखभित्र रेल सञ्चालन गरिने बताएका उनले सोमबार (जेठमा) रेल सञ्चालनको लागि अनिश्चित नयाँ भाका अघि सारेका छन् ।

मन्त्री नेम्वाङले निषेधाज्ञा खुला हुनेबित्तिकै १५ गते रेल सञ्चालन गरिने बताए भने तर कुन महिनाको भनेर किटान गरेनन् । ‘छिटोभन्दा छिटो अर्थात् १५ गतेभित्र रेल सञ्चालनको लागि सम्बन्धित अधिकारीहरुलाई तयारी अवस्थामा बस्नु भन्न चाहन्छु । १५ गतेअघिको मितिहरुमा यी–यी कामहरु गर्ने भनेर तयारी गर्नुहोस् सोही गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर उद्घाटन गर्नेछौँ, निषेधाज्ञा खुला भएन भने भर्चुअल माध्यमबाट उद्घाटन गरी रेल सञ्चालन गरिनेछ’, उनले भने, ‘रेल सञ्चालनको लागि नीतिगत, प्राविधिक र व्यावहारिक सबै कुराको व्यवस्था भइसकेको छ । यस्तो अवस्थामा हामीले निषेधाज्ञा खुला हुने रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनतालाई हामीले रेलको सेवा प्रवाह गर्नुपर्छ ।’

सरकारले रेल सञ्चालनको लागि सुरक्षा फौज राख्ने विषयमा भने मन्त्रिपरिषद्ले निर्णय गर्ने मन्त्री नेम्वाङको भनाइ छ । ‘रेल सञ्चालनको लागि अध्यादेश जारी गरिसकेका छौँ, त्यति हुँदाहुँदै पनि रेल सञ्चालन हुनसकेको छैन । हामीले रेल सञ्चालन गर्ने निश्चित गरेर मन्त्रालयका सचिव, विभागीय प्रमुखहरु अघि बढ्ने अवस्थामा पुगिसकेका थियौँ, दुर्भाग्य कोभिड १९ को दोस्रो लहर आउनाले बाधा हुनपुग्यो’, उनले भने, ‘यद्यपि अहिलेको अवस्थालाई मध्यनजर गरी कोभिडको असर कम हुँदै गर्दा निषेधाज्ञा खुकुलो हुने देखिन्छ । त्यसैले चाँडै भन्दा चाँडै कानुन निर्माण अध्यादेश समेत ल्याएको अवस्थामा सरकारले रेल सञ्चालनको लागि कुनै कसुर बाँकी राखेको छैन । महाप्रबन्धक नियुक्तदेखि लोगो निर्माण, चालकको समेत व्यवस्था गरिएको छ ।’

रेल सञ्चालनका लागि सरकारले भारतको सहयोगमा ३५ किलोमिटर ब्रोडगेज रेल्वे लिक निर्माण गरिसकेको छ भने रेल पनि ल्याइसकिएको छ । दुई वर्षअघि नै जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर ब्रोडगेज रेल्वे लिक निर्माण भइसकेको छ । त्यस्तै, अबको समयमा जयनगर, जनकपुर र कुर्था रेल सञ्चालनको लागि नीतिगत तथा अन्य सहयोग मन्त्रालय र सरकारले गर्नु नपर्ने उनको भनाइ छ ।

मन्त्री नेम्वाङले चालू आर्थिक वर्षमा संसद् अधिवेशन चल्न नसक्दा रेल तथा पानीजहाज सञ्चालन प्रभावित बन्नपुगेको समेत बताए । ‘राजनीतिक घटनाक्रमले गर्दा चालू आर्थिक वर्षमा दुवै संसदीय अधिवेशन राम्रो ढंगले सञ्चालन भएन । आउने आर्थिक वर्षमा निर्वाचन सम्पन्न भएर होस् वा अर्को अवस्थामा होस् कानुन बनाउने निकाय संसद होस्, त्यसैले आवश्यक कानुनहरु संसदमा पु-याएर पास गर्नको लागि ध्यान दिनेछौँ जसले रेल, पानीजहाज सञ्चालनमा सहयोग पुग्नेछ’, उनले भने, ‘रेल, पानीजहाज सञ्चालनको लागि पाँचवटा अभिसन्धि महत्वपूर्ण छ । असार मसान्तभित्र त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा हामी अघि बढेका छौँ ।’ उनले अघि भने, ‘ती अभिसन्धिहरु सरकारले निर्णय गराएर संसद्मा प्रस्ताव राखेर त्यसलाई पारित गराउन निकै समय लाग्ने देखिन्छ । त्यसो हुनाले यतातर्फ हामी सबैले राम्रो ध्यान दिनु आवश्यक छ ।’

मन्त्री नेम्वाङले आगामी आर्थिक वर्षमा साना जहाजहरु सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने बताए । आगामी आर्थिक वर्षमा चितवन, कोशीदेखि लिएर विभिन्न स्थानमा जहाज चलाउने विषय बजेटमा समावेश भई कार्यान्वयनमा जाने भनिए पनि आर्थिक वर्षमा प्रवेश नगरेको अवस्थामा रहेको उनको भनाइ छ ।

‘सरोकारावाला अधिकारीहरुलाई तदारुकताका साथ अघि बढ्न मेरो अनुरोध छ’, मन्त्री नेम्वाङले भने, ‘जहाज सञ्चालन गर्दा प्रदेश सरकार, स्थानीयको मागबमोजिम खुवालुङ ढुंगाको संरक्षण गर्नेछौँ, ढुंगा नचलाई पानीजहाज रुट समेत तयार गरेका छौँ तथा निर्माणकार्य अघि बढाएका छौँ ।’ उनले संघीय सरकारले खुवालुङ ढुंगा नष्ट गर्न नखोजेको बताउँदै पत्रिकाले समाचार नपाएर खुवालुङलाई लिएर भ्रम छर्ने खोजेको आरोप लगाए ।

संघीय सरकारले खुवालुङ ढुंगा ध्वस्त पार्न नखोजेको उनको स्पष्टोक्ति थियो । ‘नष्ट गर्न खोजेका होइनौँ, कहिले कहिले पत्रिकाले केही समाचार नपाए यस्ता अर्थात् त्यन्द्रो जत्रो विषयलाई लठ्ठा बनाउन खोज्छ । त्यस्तो बेला कार्यान्वयन गर्ने निकायले ध्यान दिनुपर्छ र यस्ता कुरा उठ्यो भने कार्यालयलाई स्पष्ट पार्नुपर्छ’, उनले भने, ‘पानी जहाज कार्यालयले प्रदेशसभाले ल्याएको सामाजिक सांस्कृतिक क्षेत्रको प्रवद्र्धन सँगसँगै संघीय सरकारले ल्याएको निर्माणको विषय पनि विवादास्पद छैन भन्ने कुरा नीतिगत स्पष्ट पार्नुहोला ।’

उनले आगामी आर्थिक वर्षमा भोजपुर, संखुवासभासम्म सुनकोशी, रामेछाप उदयपुरका जनतलाई यो मार्गमार्फत पानीजहाज सेवा पु¥याउने लक्ष्य राखेको बताए । त्यसलाई पूर्णता दिई जनताको हित गर्नुपर्ने बताउँदै उनले ओली सरकारको नेपालको झण्डा फराएर पानीजहाज र रेल सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया