Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी

ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी


काठमाडौं ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै उनीहरूले आइतबारदेखि ढुवानी बन्द गरेका हुन् ।

पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको उनीहरूको गुनासो छ । ढुवानी बन्द भएपछि निजी पम्पहरू प्रभावित भएका छन् । सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानुन लागू गरेको स्थितिमा ढुवानी बन्द भएको छ । चालक संघका अध्यक्ष ईश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको जानकारी दिए ।

ढुवानीकर्ताको अवरोधका कारण सोमबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वाग्मती प्रादेशिक डिपो थानकोटले जनाएको छ । मंगलबारदेखि निषेधाज्ञामा केही खुकुलो भएसँगै पेट्रोलियम पदार्थको अभाव हुनसक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा मंगलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया