Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शैक्षिक प्रमाणपत्रमाथि विद्यार्थी तथा चिकित्सकले उठाए प्रश्न

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शैक्षिक प्रमाणपत्रमाथि विद्यार्थी तथा चिकित्सकले उठाए प्रश्न


विराटनगर ।
विवादास्पद छवि भएका डा. ज्ञानेन्द्र गिरीलाई सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गरेको छोटो अवधिमा नै उनीमाथि गम्भीर आरोप लगाउँदै प्रतिष्ठानका चिकीत्सक तथा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् ।

पछिल्लो समय केही दिनदेखि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीले उपकुलपति ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँदै सक्कल प्रमाणपत्र देखाउन माग गरेका छन् । उपकुलपतिजस्तो पदमा रहेको व्यक्तिको शैक्षिक योग्यतासँग जोडिएर प्रश्न उठेपछि अब डा. गिरीलाई पदमा आसिन रहन समेत नैतिकरूपले नमिल्ने विज्ञहरू बताउँछन् ।

मुलुकमा प्रजातन्त्रको बहालीपश्चात् कोशी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति भएका समयमा समेत डा. गिरीको विवादित कार्यशैलीका कारण पूरा अवधि समेत काम गर्न नसकेपछि सरकारले उनलाई हटाएर अर्को नियुक्ति गरेको थियो । अहिले आएर उक्त घटना स्मरण गर्दै एक स्वास्थ्यकर्मीले भने ‘डा. गिरीको जहाँ–जहाँ नियुक्ति हुन्छ, त्यहाँ–त्यहाँ उनको कार्यशैलीका कारण व्यापक विवाद र गम्भिर प्रश्न उठ्ने गरेको छ ।’ कोशी अस्पतालको मेसु नियुक्तिमा समेत वरिष्ठ डाक्टरहरूको व्यापक विरोधपछि तीन महिनापछि नै सरकारले डा. गिरीलाई हटाएको थियो ।

केही समयअघि मात्र सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. गिरीलाई नियुक्त गरेको थियो । आन्दोलनरत विद्यार्थी तथा चिकित्सकहरूले डा. गिरीलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो, त्यसको प्रतिलिपि सार्वजनिक गर्न चुनौती दिएका छन । उनीहरूले डा. गिरीले आफूलाई चिकित्साशास्त्रमा कार्डियोलोजिस्ट बताउँदै आएको हुँदा त्यसका विषयमा समेत प्रस्ट पार्न पनि माग गरेको छन् । उता डा. गिरीले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) र अमेरिकाको कोलोराडो युनिभर्सिटी हेल्थ साइन्सबाट कार्डियोलोजिस्ट अध्ययन पूरा गरेको बताउँदै आएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया