Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालाजु औद्योगिक क्षेत्रमा श्रीमती काण्ड ः श्रीमती सरुवा गर्दा महाप्रबन्धकमाथि झापड

बालाजु औद्योगिक क्षेत्रमा श्रीमती काण्ड ः श्रीमती सरुवा गर्दा महाप्रबन्धकमाथि झापड


काठमाडौं, माघ ५
बालाजु औद्योगिक क्षेत्रमा रमिता छ । अध्यक्ष र महाप्रबन्धकको ताण्डव नृत्यका कारण औद्योगिक क्षेत्र नै तहसनहस हुने अवस्थामा छ । केही दिनअघि महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी भएको भिडियो भाइरल भएको थियो । त्यो काण्ड कसरी घट्यो भन्ने नयाँ रहस्य खुलेको छ । औद्योगिक क्षेत्रका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा गत हप्ता तालाबन्दी थियो । ताला खोल्न राज्यमन्त्री मोती दुगडले आदेश गरे तर ताला खुलेन ।

तालाबन्दी कुनै कर्मचारीले आफ्नो सेवा सुविधा कटौती भएको वा युनियनको अधिकार हनन भएको विषयमा थिएन । अध्यक्ष नन्दकिशोर बस्नेतले कर्मचारी सरुवाको विषयलाई लिएर तालाबन्दी गरेका थिए । महाप्रबन्धक सुवास सिटौलाले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै कर्मचारी सरुवा तथा पदस्थापना गरेका थिए । जसमा एक कर्मचारी थिइन्– एकमाया थापा ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा वरिष्ठ अधिकृत प्रथम सातौँ तहमा कार्यरत उनलाई लिमिटेडले भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा खटाएको थियो । गत पुस १६ गतेदेखि नै लागू हुने गरी भएको सरुवाको विरोधमा उत्रिने प्रमुख व्यक्ति थिए – अध्यक्ष नन्द किशोर बस्नेत । कारण– एक माया थापा बस्नेतकी श्रीमती हुन् । आफ्नो श्रीमतीको सरुवा भएको विरोधमा उनले सिटौलालाई विभिन्न दबाब नदिएका होइनन् । तर, उनले आफ्नो कार्यकारी अधिकारबाट टसमस नभएपछि बस्नेतले सरुवा पदस्थापना रद्द गर्दै सिटौलालाई नै बर्खास्तीको पत्र काटे ।

अर्थ मन्त्रालयको सिफारिसमा नियुक्त भएका सिटौलालाई हटाउने अधिकार मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई मात्रै छ । तर बस्नेतले मन्त्रिपरिषद् र अर्थ मन्त्रालयकै अधिकार दुरुपयोग गर्दै महाप्रबन्धक सिटौलालाई अवकाश पत्र दिए । स्रोतका अनुसार बस्नेतले श्रीमती एकमाया थापालाई प्रयोग गरेर लुटधन्दा चलाउँदै आएका थिए । बस्नेतको श्रीमती एकमाया थापाको सरुवा बदर गर्न मन्त्रालयले पत्र काटेपछि भने औद्यागिक क्षेत्र व्यवस्थपान कार्यालयका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी खुलेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया