Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसभामुखद्वारा बाढीग्रस्त मेलम्ची क्षेत्रमा स्थलगत अनुगमन

सभामुखद्वारा बाढीग्रस्त मेलम्ची क्षेत्रमा स्थलगत अनुगमन


काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगतरूपमा जानकारी लिएका छन् । मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पु-याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसँग विस्तृत जानकारी लिएका थिए । नगरप्रमुख डम्बर अर्यालले अहिलेसम्मका उद्धार, राहत र भएगरेका कामबारे जानकारी गराएका थिए ।

मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडकहरू तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनुपर्ने बताए । उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै आफ्नोतर्फबाट आवश्यक पहलकदमी लिने प्रतिबद्धता समेत जनाए ।

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरूको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल गरे । सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपत् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।

बाढीबाट विस्थापितहरूलाई तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्नलगायतका राहत सामग्री बुधबार नै नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपत् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको छ । समितिले बाढीपीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया